२० पौष २०७७, सोमवार

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहले शंकर पोख्रेल र पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जबाट हटाएको छ ।  सोमबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले पोखरेल र गुरुङलाई प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटाएको हो । गण्डकी प्रदेश इन्चार्जमा गुरुङको स्थानमा पूर्व माओवादीका देवेन्द्र पौडेल  लुम्बिनी प्रदेशको इन्चार्ज  पोखरेललाई हटाउदै युवराज ज्ञवालीलाई जिम्मा दिइएको प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।त्यस्तै, गण्डकी प्रदेशको सहइन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई राखिएको छ भने प्रदेश कमिटी सचिवमा श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर