१८ पुस २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले खिया लागेका दुई वटा नट र बल्टु फुक्लिनेसाथ पार्टी गतिसाथ अघि बढेको बताएका छन्।


प्रधानमन्त्रीनिकट समूहको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको सभामा बोल्दै प्रधानमन्त्रीले असली नेकपा आफैं भएको दाबी पनि गरे।

‘हिजो निर्वाचन आयोगबाट प्राप्त गरेँ,उहाँहरूले निवेदन हाल्नुभएको रहेछ हामी सक्कली हो भनेर,बरमझियाको पेडा पसल हो र सक्कली र नक्कली भन्नलाई?,’ ओलीले भने।

उनले देशको कानुन र नियमावली अनसार पार्टी चलाइरहेको बताए। ‘भेट्नो कुहिएर झरेका दुई वटा फलले रुखै मै हुँ भन्ने?,’ उनले प्रश्न गरे।

ओलीले नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेताबाट आफूले नहटाएको पनि बताए।

प्रतिक्रिया

सम्बन्धित खवर