१७ पौष २०७७, शुक्रवार

कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ३ की दीपा रोकाको हत्या अभियोगमा   पक्राउ परेका शिवराज नगरपालिका वडा नं. ४ बस्ने बर्ष २० का अतिउल्ला लाई वडा प्रहरी कार्यालय चन्द्रौटाले विहीबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

गत पुस ११ गते पानी लिन गएकी रोका एकाएक हराएपछि खोजतलास गर्नेक्रममा पुस १३ गते खोलामा मृत अवस्थामा फेला परेकी थिइन् । १६ बर्षीया दीपा मृत अवस्थामा फेला परेसंगै उनको हत्या भएको आशंका गरिएको थियो ।  पक्राउ परेका अभियुक्तले हत्या स्विकार गरेको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

अभियुक्त माथि मुलुकी फौजदारी अपराध संहिता २०७४ को ज्यान सम्वन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भई रहेको समेत प्रहरी उपरिक्षक अधिकारीले बताउनुभयो ।

अभियुक्तले आफुले हत्या गरेको सबै विवरण प्रहरी समक्ष बताएका छन् । अभियुक्त बढई माछा मार्नका लागि खोलामा गएको र उक्त बेला दीपा शौच गर्न बसेका बेला आफुले जिस्काउन पुगेको उनले बताएका छन् । उनले अगाडी भनेका छन्, ‘दीपा शौच गर्न बसेको बेला मैले जिस्काए, दीपा रिसले मलाई तथानाम गालीगलौज गरिन, दुवै जना झगडा गर्दा गर्दै हातपात गर्ने स्थितिमा पुग्यौं, लगत्तै मैले घाटी थिचेर ज्यान लिए ।’ ‘अभियुक्त बढईको स्विकारोक्ती’ ।

प्रतिक्रिया

सम्बन्धित खवर