१७ पौष २०७७, शुक्रवार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सानतन हिन्दूराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको माग राखेर काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।राप्रपाले आज (शुक्रबार) साढे ११ बजे काठमाडौंमा प्रदर्शन गर्न लागिएको सचिवालय प्रमुख ध्रुबबहादुर प्रधानले जानकारी दिएका छन् ।काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित भृकुटीमण्डप, प्रदर्शनीमार्गमा भेला भई ¥यालीसहित भद्रकाली, शहीदगेट, माहाँकाल हुँदै रत्नपार्कमा आमसभा हुनेछ ।

https://amzn.to/4myfPN5

राप्रपाले भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधान लगायतका विषयमा सरकारको असफलता एवम् उदाशीनताको विरुद्ध तथा सनातन हिन्दूराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको निमित्त आयोजित बृहत जनप्रदर्शनमा सहभागी हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर