
१७ पौष २०७७, शुक्रवार
लण्डन, बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले ल्होछारको अवसरमा धार्मिक पूजापाठको आयोजना गरेको छ। नेपालीहरुको बाक्लो बसोबास रहेको इंल्याण्डको अल्डरसटस्थित बिसीसी गुम्बामा दिप प्रज्वलन, मकला पूजा र आयु पूजा सहित ग्रह शान्तिका लागि घ्याप्सी पूजा सम्पन्न भएको हो। विश्वभर रहेका गुरुङहरुले प्रत्येक पौष १५ हुने ल्हो अर्थात् बर्ग परिवर्तनलाई बिशेष महत्वका साथ लिने गर्दछ।
बिसीसी युकेका रिन्पोछे लुङ्गरिक र खेन्पो ञ्यिमालेसंसारभर रहेको मानव जातीको सुख,शान्ति,दिर्घायू र समृद्धिको कामना गर्दै सम्पन्न भएको उक्त पूजापाठमा बिसीसी युकेका अध्यक्ष नरेश गुरुङ,सल्लाहकार मेजर खुशीमान गुरुङ,तमु धिं युके ११ औं कार्यसमितिका लागि नवनिर्वाचित अध्यक्ष हित काजी गुरुङ,उपाध्यक्ष तुलाराम गुरुङलगायतले सम्पूर्ण तमूहरुको प्रतिनिधित्व गर्दै स्वंयसेवकको भूमिका निभाएका थिए।