
१६ पौष २०७७, बिहिवार
तमु ल्होसार को अवसरमा तमु समाज फ्रान्सद्वारा आयोजना गरिएको तमु ल्होसार इन्टरनेशनल अनलाइन डान्सिग स्टारमा वुटवलकि अन्तु तमुस्यो प्रथम भएकि छिन । यसैगरी प्रतियोगितमा वेशिशहर लमजुगकि मनिषा तमस्यो दोश्रा,स्यागजाकि विन्दु तमुस्यो तृतिय भएकि छिन ।
प्रतियोगितमा प्रथमलाई २५ हजार,द्धितियलाई १५ हजार र तृतियलाई १० हजार प्रदान गरिएको थियो ।
गुरुङ भाषाको गित र भेषभूषामा नृत्य गरेर तयार पारेका भिडियो मार्फत प्रतियोगितामा सहभागी हुन पाइने व्यवस्था मिलाइएको थियो। कार्यक्रममा नेपाल फ्रान्स लगायत विश्वका विभिन्न देशहरु बाट नेपाली कलाकारहरुले भाग लिएका थिए।