१६ पौष २०७७, बिहिवार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सपनामा पनि प्रधानमन्त्रीको कुर्सी मात्रै देख्ने गरेको आरोप लगाएका छन्।

https://amzn.to/4myfPN5

ओली समूहले बिहीबार प्युठानमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले  संगठन निर्माणमा ध्यान दिन छोडेर प्रधानमन्त्रीको कुर्सीमात्रै ताकेको हुँदा समस्या भएको बताए।

‘भदौमा दुई अध्यक्षका बीचमा भएको सहमति अनुसार प्रचण्डलाई पार्टीको काम हेर्ने गरी कार्यकारी अधिकार दिइएको थियो, तर उहाँ सधैं बालुवाटार जानुभो र सरकारमा मात्रै ध्यान दिनु भो,’ मुख्यमन्त्री पोखरेलले भने, ‘कार्यकारी अध्यक्षले चैतमा महाधिवेशन गर्न तयारी गर्नुपर्ने होइन, तर उहाँले त्यो सबै छोडेर प्रधानमन्त्रीको कुर्सीमा मात्रै ध्यान केन्द्रित गर्नु भो र पार्टीमा समस्या उत्पन्न भयो।’

प्रमुख प्रतिपक्षी दलले भन्दा पनि जोडबलले प्रचण्डहरूले सरकारलाई असफल देखाउन अनेक प्रत्यन्त गरेपछि तथा काम गर्न नपाएपछि बाध्य भएर प्रतिनिधिसभा भंग गरी निर्वाचनमा जानु परेको मुख्यमन्त्री पोखरेलले दाबी गरे।

‘अब उहाँहरूको हैसियत चुनावमा गएपछि थाहा हुन्छ,’ पोखरेलले थपे, ‘अहिले त सडकमा जति गीत गाए पनि हुन्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर