१६ पौष २०७७, बिहिवार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सुलीचौर—पोवाङ— थवाङ सडकको शिलान्यास गरेका छन ।
शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले आर्थिक सामाजिक रुपमा पछाडि परेको रोल्पाको विकासका लागि यो सडक निकै महत्वपूर्ण रहेको बताए । पोखरेलले प्रदेश सरकारले अघि सारेको प्रदेश गौरवको आयोजना रामपुरदेखि कपुरकोटसम्मको आश्रित—कृष्णसेन सडक रोल्पाको विकासको लागि कोशेढुंगा हुने बताए ।कार्यक्रममा कानुनमन्त्री कुलप्रसाद केसी, भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलगायकतले कार्यक्रममा आफना भनाईहरु राखेका थिए ।
दुई वर्षभित्र काम सक्ने गरी २१ करोड ६३ लाख ८३ हजारमा निर्माण यो सडकको काम गर्न थालेको छ ।
त्यसैगरी प्यूठानको स्वर्गद्धारी नगरपालिकाको किमिचौर र रोल्पाको सुनिलस्मृति गाउँपालिकाको घोडागाउँ जोड्न घोडाखोलामा बन्न लागेको पुलको पनि शिलान्यास गरिएको छ । पुलको कुल लागत २ करोड ५९ रुपैंया रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर