१६ पौष २०७७, बिहिवार

शुक्रबारदेखि सुरु हुने राष्ट्रियसभाको हिउँदे अधिवेशनको पहिलो दिन दलका नेताहरूले सम्बोधन गर्ने भएका छन् ।

हिउँदे अधिवेशनको पहिलो दिनको बैठकको तयारीका लागि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बिहीबार बसेको कार्यव्यवस्था समितिको बैठकले पहिलो बैठकमा सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची तय गरेको हो । दलका नेताहरुले सम्बोधन पछि शोक प्रस्ताव पारित गर्ने बैठकको कार्यसूची छ ।

पुस १२ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गते राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वान गर्नुभएको थियो । गत असार १८ गते संघीय संसदको वर्षे अधिवेशन अन्त्य भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर