१६ पौष २०७७, बिहिवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बागलुङका जिल्ला र गाउँकमिटिका प्रमुखहरु कुन पक्षमा लाग्ने भन्नेमा अलमलमा परेका छन् ।बागलुङ नगरपालिका नगरकमिटिका अध्यक्ष धन बहादुर परियारले पार्टी फुट्नुमा ओली, प्रचण्ड र नेपालको दोष भएपनि प्रधानमन्त्री समेत रहेका प्रथम अध्यक्ष ओलीले अभिभावकत्व अपनाउनुपर्नेमा गैरसंवैधानिक कदम चालेर संसद विघटन गर्नु राम्रो नभएको वताउदै आएका छन । उनले आफुलाई प्रचण्ड–नेपाल पक्षको भन्ने आरोप लागेपनि प्रधानमन्त्रीले गरेको गैरसंवैधानिक कदम सच्चिएमा ओली पक्षमा लाग्न सक्ने वताउछन ।यस्तै सचिव इन्द्र केसी प्रचण्ड–नेपाल पक्षले विरोध गरिरहेकोले आफुले उक्त पक्षलाई साथ दिएको वताउछन ।


गल्कोट नगरपालिका नगर कमिटिका अध्यक्ष ललित श्रीस र सचिव डम्मर श्रीसले पार्टी फुटाउनुको मुख्य दोषी ओली भएकोले आफुहरु प्रचण्ड–नेपाल पक्षमा लागेको बताए ।

उता बरेङ गाउँपालिका गाउँकमिटिका सचिव प्रेमराज पौडेल तटस्थ रुपमा बसेका छन ।

ढोरपाटन नगरपालिका नगरकमिटिका लक्ष्मण पुनले अदालतले जुन पक्षलाई संस्थापन मान्छ आफु त्यसैमा आवद्ध हुने वताएका छन भने सचिव भिम गौतम प्रचण्ड–नेपाल पक्षमा लागेका छन ।

जैमिनी नगरपालिका नगरकमिटिका अध्यक्ष इन्द्र थापा र सचिव झमन पाण्डे प्रचण्ड–नेपाल पक्षमा रहेका छन ।                               निसीखोला गाउँपालिका गाउँकमिटिका अध्यक्ष कुविर विक र सचिव रुद्रप्रसाद शर्मा आफु पर्ख हेरको अवस्थामा रहेका वताउछन ।

बडिगाड गाउँपालिका गाउँकमिटिका अध्यक्ष गुणानिधि घिमिरे  कुनै पक्षमा खुलेका छैनन ।

ताराखोला गाउँपालिका गाउँकमिटिका अध्यक्ष पदम खत्री संस्थापन पक्षमा लाग्ने भएका छन । । संस्थापन पक्ष कुन भन्ने निर्वाचन आयोगले निर्णय गर्ने भएकोले आफुले उक्त निर्णय पर्खिरहेको उनको भनाई छ ।

यस्तै तमानखोला गाउँपालिका गाउँ कमिटिका अध्यक्ष नरेन्द्र छन्त्याल स्वतन्त्र वसेका छन । उनी कतैपनि खुलेर लागेका छैनन ।
यता काठेखोला गाउँपालिका गाउँ कमिटिका अध्यक्ष डिल बहादुर कार्की जुन पक्ष आधिकारिक हुन्छ आफु त्यसैमा लाग्ने भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर