
१६ पौष २०७७, बिहिवार
तनहुँमा मुसा वर्गको बिदाइ र गाई वर्गको स्वागत गरी गुरुङ समुदायले बुधबार तमु ल्होसार मनाएका छन् । १५ पुसलाई नयाँ बर्ष मान्ने परम्परा अनुसार गुरुङ बस्तीमा शुभकामना आदानप्रदान सहित विभिन्न कार्यक्रम गर्दै ल्होसार मनाईएको हो ।
गुरुङ सुमदायको बाहुल्यता रहेको तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा आठ गाउँका गुरुङ समुदाय एउटै थलोमा भेला भएर ल्होसार मनाएका छन् ।
तमु ह्युला छोंज धि शुक्लागण्डकी–१२ को आयोजनामा भएको कार्यक्रममा ढोर लामागाउँ, घरेडी, बराहाडाँडा, भोर्ले, लाकुरीबोट, जस्पुर, रातमाटा र ढोर तालबेँसी गाउँका ढोर लामागाउँ पुगेर शुभकामना आदनप्रदान गरे । फरक गाउँको फरक परिकार सहित सामुहिक भोज भयो । सामुहिक नाचगान समेत भयो
आफ्नो समुदायमा आत्मियता बढाउने भएकाले सामुहिक रुपमा ल्होसार मनाएको तमु ह्युला छोंज धि का अध्यक्ष भिम गुरुङले बताए ।