१६ पौष २०७७, बिहिवार

बाग्लुङ समाज पोर्चुगलद्वारा बाग्लुङ नगरपालिका वडा नं. ७ तितौरेका मृगौला पीडित गुप्तबहादुर कार्की लाई १ लाख ४७ हजार १७७ रुपैया सहयोग  गरेको छ । दुवै मृगौला फेल भएका कार्किको अस्पतालमा उपचार भैरहेको छ ।

बाग्लुङ समाज पोर्चुगलका  सल्लाहकार यकेन्दबहादुर हमाल र उपाध्यक्ष  ओमबहादुर कार्कीको विशेष सक्रियता पोर्चुगलमा उक्त रकम संकलन भएको हो ।

पीडित कार्कीको घरको आर्थिक अवस्था अत्यन्त कमजोर भएकोले आर्थिक सहयोगको अपील गरेपछि समाजको तर्फबाट केही सहयोग पुगोस् भन्ने हेतुले रकम सो संकलन गरेर पठाइएको अध्यक्ष प्रेम खड्काले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर