१५ पौष २०७७, बुधवार

प्रधानमन्त्री केपी ओलीले  पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गर्दै उपचाररत प्रचण्डपत्नी सीताको स्वास्थ्यलाभको कामना गरेका छन् ।  त्यस्तै अर्थमन्त्री समेत रहेका नेकपा ओली पक्षका महासचि विष्णु पौडेल र नेता सुवास नेम्वाग बुधबार साँझ मेडिसिटी अस्पताल पुगेर सीता दाहालको स्वास्थ्य लाभको कामना गरेका छन् ।


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष समेत रहेका ‘प्रचण्ड’ की पत्नी सीता अस्वस्थ बनेपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको छ ।  सीता दाहाल केही बर्षदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर