१५ पौष २०७७, बुधवार
मुलुकमा जारी राजनीतिक प्रक्रिया प्रति असन्तुष्टि जनाउदै पोखराबाट स्वतन्त्र राष्ट्रिय जनजागरण अभियानको घोषणा गरिएको छ ।
बाग्लुङका कृष्ण प्रसाद जैशीको संयोजकत्वमा घोषणा गरिएको उक्त अभियानले उन्नत लोकतन्त्र सहितको वैज्ञानिक समाजवादी व्यवस्थाको आवश्यकता औल्याएको छ ।
अभियान घोषणार्थ पोखरामा आयोजित पत्रकार सम्मेलनमा संयोजक जैशीले विपन्न वर्गका नागरिकहरुको आधारभुत आवस्यकता र जनजिविकाको पक्षमा सहजता प्रदान गर्ने खालको नेपाली माटो अनुकुल स्वचालित राज्य व्यवस्था लागु गर्नुपर्ने बताउनुभयाे ।









