१४ पौष २०७७, मंगलवार

संसद विघटन गरे पछि प्रधानमन्त्री ओलीको विदेशमा वस्ने नेपालीहरुले विरोध गरेका छन । नेपाली समाज अमेरिकाको आयोजनामा न्युयोर्कको ज्याक्सन हाइटमा संयुक्त विरोध प्रदर्शन भएको छ । विरोध कार्यक्रममा समाजका अध्यक्ष समिर महर्जन,प्रवासी नेपाली एकता मञ्च अमेरिकाका अध्यक्ष टेक गुरुङ ,जनजाति महासंघ अमेरिकाका महासचिव नरेन्द्र थापा, सामाजिक अभियन्ता  राधा कृष्ण देउजा, नेपाली समाज अमेरिकाका सल्लाहकार  पार्वती थापा मगर,नेपाल आदिवासी जनजाति महासंघका पूर्वउपाध्यक्ष तथा सल्लाहकार डन्डु ढोक्प्या  शेर्पा,सामाजिक अभियन्ता आदित्य महर्जन, प्रवासी नेपाली एकता मञ्च अमेरिकाका महासचिव शंकर पन्तलगायतकाले प्रधानमन्त्री ओलीले असंवैधानिक र अलोकतान्त्रिक ढंगले संसद् विघटन गरेकोमा दुःखदपुर्ण स्थिति रहेको बताएका थिए ।


प्रतिक्रिया

सम्बन्धित खवर