१४ पौष २०७७, मंगलवार

नेपाल मगर संघ कोरियाको अध्यक्षमा बाग्लुङका टेक बहादुर पुन मगर चयन भएका छन् ।

संघको दशौं अधिबेशनले संघको बरिष्ठ उपाध्यक्षमा स्याङजाका गोकर्ण थापा मगर र उपाध्यक्षहरुमा रोल्पाका दिल पुन मगर, पर्वतका प्रेम पुन मगर, म्याग्दीकी गंगा पुन मगर, शाखा उपाध्यक्षमा बाग्लुङका ज्ञानु श्रीस मगर, महासचिवमा गोरखाका केशर राना मगर, सचिवमा दाङकी तारा पुन मगर, कोषाध्यक्षमा पर्वतका लोक बहादुर पुन मगर र सहकोषाध्यक्षमा म्याग्दीका तुल घर्ती मगर लाईचयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा बाग्लुङका दिल बलामी, कपिलवस्तुका होम बहादुर थापा मगर, धनकुटाका पि.एम ग्यांमी मगर, नुवाकोटका टंक राना मगर, गुल्मीका सोम बुढा मगर, स्याङजाका इन्द्र थापा मगर, मोरङकी शर्मिला थापा मगर, सर्लाहीका रमेश थापा मगर, तनहुँका बसन्त पुलामी मगर, स्याङजाकी सम्झना राना मगर र स्याङजाका दिपक थापा रहेको नेपाल मगर संघ कोरीयाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर