
१४ पौष २०७७, मंगलवार
बुटवल, नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समुहले आज बुटवलमा प्रदर्शन गरेको छ । बुटवलको ट्राफिकचोकमा आयोजित कार्यक्रममा बोल्दै नेकपाका नेता घनश्याम भुसालले जनताको दबाबमा प्रतिनिधि सभा पुनस्थापित हुने दाबी गरे। प्रधानमन्त्री केपि ओलीलाई दुइ तिहाइ मत दिएर संविधान रक्षाको लागि पठाएको तर तानाशाही तरिकाले संविधान माथि बर्खिलाप गरेको भुसालले उल्लेख गरे । कार्यक्रम अघि राजमार्ग चौराहबाट सुरु भएको ¥याली मिलन चोक हुँदै ट्राफिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो।