
१४ पौष २०७७, मंगलवार
हवाई टिकटको ब्यवस्थापन गर्न नसकेका तर तुरन्त घर फर्किनु पर्ने समस्या भएका थप ५ जना नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तीका लागि एनआरएनए हवाई टिकट सहयोग सहयोग गरेका छन्।
कोरोना भाईरस कोभिड १९ को कारणले रोजगारी गुमाएर नेपाल फर्कन हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकहरुका लागि नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र नेपालि ब्यावसायी संघ कतार द्वारा थप ५ जना नेपाली कामदारहरुलाई हवाई टिकट सहयोग गरेका छन्।
पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने सम्बन्धी जारी गरिएको सार्बजनिक सुचना अनुसार छैटौं चरणमा २५ डिसेम्बर २०२० का दिन अर्बिन्द कुमार बिराजि- धनुषा २७ डिसेम्बर २०२० का दिन अब्दुल करिम शेख- कपिलवस्तु , अब्दुल रहिम शेख- कपिलवस्तु , अख्तर हुसेन मुसलमान- रुपेन्देही र मुहमद सबिर- रुपेन्देही लाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाईएको एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले जानाकारी गराए।
उनका अनुसार हाल सम्म एनआरएनए कतारले कुल ५५ जना नेपाली श्रमिकहरुलाई हवाई टिकट उपलब्ध गराई स्वदेशफिर्तीमा सहयोग गरेको जनाएको छ।