१४ पौष २०७७, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेसँगै विभिन्न राजनीतिक दल तथा नागरिक समाज आन्दोलनमा उत्रिएका छन् ।राजधानीका सडकदेखि गाउँपालिकासम्म दैनिकजसो प्रदर्शन भईरहेका छन् । राजनीतिक स्वार्थका लागि सडकमा आउनेहरुले आफ्नै स्वास्थ्यको भने कत्ति पनि ख्याल नगरेकाले कोरोना भाइरसको संक्रमण झन् फैलिने खतरा बढेको छ


कोरोना संक्रमणका कारण सरकारले सभा सम्मेलन वा ठुलो कार्यक्रम गर्न अहिले पनि स्विकृति दिएको छैन् । तर विगत १० दिन यता दिनहु जसो सडकमा सर्वसाधारणको ठुलो भिड देख्न सकिन्छ । न मास्कको प्रयोग, न त सामाजिक दुरी, न त जनस्वास्थ्यको मापदण्ड नै । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम प्रति असन्तुष्टि जनाउदै सुरु भएको विरोध प्रदर्शनका कारण संक्रमणको जोखिम उच्च रुपमा बढ्ने देखिएको हो ।सडक प्रदर्शनमा के वालक, के वृद्ध सबैखाले मानिसलाई उतार्ने कोशिस आन्दोलनकारीले गरेका छन ।तर उनीहरुले सामान्य मास्कको प्रयोग समेत गरेका छैनन् ।

पूर्व प्रधानमन्त्रीहरुदेखि थुप्रै मन्त्रीहरुको समेत सहभागीता भईरहेका यी आन्दोनलहरुमा कोरोना भाइरस संक्रमण नहोस भन्ने सामान्य मापदण्ड समेत अपनाएको पाइदैन । बरु आन्दोनलमा आउनेहरुले संक्रमणको कुनै डर छैन् भन्न हिच्किचाउदैनन् । परीक्षण घटेका कारण नेपालमा १ महिना यता संक्रमितको संख्या समेत घटेको देखिन्छ । तर जति परीक्षण गरिएको छ त्यसको १० प्रतिशत बढीमा संक्रमण देखिने गरेकाले संक्रमणको अवस्था अहिले पनि भयावह नै छ भन्ने प्रष्ट हुनछ । दिनहुको यस्तो विरोध जुलुस र सभाका कारण संक्रमणको दर झन उच्च हुने निश्चित छ ।तर आन्दोलनका सहभागी भने आफनो स्वास्थ्य भन्दा देशको चिन्ता बढी भएका कारण आन्दोलनमा आएको बताउछन ।

वेलायत, अमेरिका लगाएतका देशहरुमा कोरोना संक्रमण नँया स्वरुपमा फैलिरुहेको छ ।जसको असर नेपालमा पनि पर्नेमा शंका छैन ।वेलायतवाट आएका ५ जना व्यक्तिलाई हाल निगरानीमा राखिएको छ ।तर सडकमा ओर्लिनेहरु चाहीँ सरकारको गलत कदम विरुद्ध सडकमा जान बाध्य भएको तर्क गरिरहेका छन् । विरोध कार्यक्रमहरु आयोजना गर्ने पक्षले कम्तिमा जनस्वास्थ्यका सामान्य मापदण्ड अपनाउन ध्यान नदिने हो भने राजनीतिक रोगले भन्दा चाँडै कोरोनाले संकट नल्याउला भन्न सकिंदैन ।इमेजखवरवाट

प्रतिक्रिया

सम्बन्धित खवर