१४ पौष २०७७, मंगलवार

रोल्पा ,नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ ले प्रधानमन्त्री केपी ओलीले गैरकानूनी रुपमा राजनीतिक दलका नेताहरुको टेलिफोन ट्यापिङ गरिरहेको आरोप लगाएका छन् ।  रोल्पाको लिवाङमा आयोजित सभामा  पुनले नेताहरुलाई तर्साउन त्यस्तो गरिएको बताए ।

‘सबै नेताहरुका टेलिफोन ट्यापिड भइरहेको छ । नेताहरुले फोनमा गोप्य कुरा गर्न मिल्दैन’ पुनले भने, ‘सञ्चारका साधनहरुमा कुरा गर्न नमिल्ने गरी नेताहरुलाई आतंकित भन्दै उनले सत्ता र शक्तिको धम्कीबाट आफूहरु नडराउने स्पष्ट पारे ।

अस्वाभाविक रुपमा अन्तर्राष्ट्रिय गुप्तचर निकायका मानिस प्रधानमन्त्री भेटेर फर्कने र प्रधानमन्त्रीको पूर्वराजासँग साँठगाँठको चर्चा चलिरहेका बेला संसद विघटन हुनुलाई आफूहरुले गम्भीर रुपमा लिएको उनको भनाइ छ । प्रधानमन्त्रीले चालेको प्रतिगामी कदम नसच्चिए योभन्दा कडा स्वरुपको आन्दोलनमा जाने चेतावनी पुनले दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर