
१४ पौष २०७७, मंगलवार
दाङ, जिपको ठक्करबाट लमहीमा पैदलयात्रुको मृत्यु भएको छ । लु २ च ५६६४ नम्बरको जिपले सोमबार साँझ लमही नगरपालिका ५ नर्तीमा ठक्कर दिँदा प्यूठान मल्लरानी गाउँपालिका –५, का ३७ वर्षीय गोकर्ण बुढाथोकीको मुत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।