१४ पौष २०७७, मंगलवार

आज काठमाडौंमा यसवर्षकै धेरै चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्ष लागेपछि आज सम्मकै कम तापक्रम हो । रातको समयमा मौसम सफा रहेकाले न्यूनतम तापक्रम घटेर १ दशमलव १ डिग्रीमा झरेको महाशाखाले जनाएको छ ।  अहिले उपत्यका लगायत देशका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागेको छ । केही दिन यो क्रम अझै कायम रहने र चिसो पनि बढ्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर