१३ पौष २०७७, सोमवार

पर्वतको जलजला गाउँपालिकाका सबै सामूदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु गरिने भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

विद्यार्थीहरुलाई पढाईमा आकर्षित गर्न र पोषण सुधारका लागि गाउँपालिकाले दिवा खाजा कार्यक्रम शुरु गर्न लागिएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्लले बालविकास केन्द्रदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गरि खाजा ख्वाउने कार्यक्रम शुरु गर्न थालिएको बताए ।

गाउँपालिकाभित्रका ४४ वटा सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रममा दैनिक १५ हजार भन्दा बढी लगानी गर्नुपर्ने अवस्था रहेको छ भने वार्षिक ५० लाख भन्दा बढी दिवा खाजामा खर्च हुने गाउँपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार विद्यालय खुलेको दिनमा प्रति दिन १५ रुपैयाँका दरले दिवा खाजा खुवाउने गरी गाउँपालिकाले आवश्यक तयारी गरेको छ । दिवा खाजामा स्थानीय उत्पादन मात्रै प्रयोग गर्न भनिएको छ । विद्यार्थीहरुलाई पोषण सुधारका लागि अलगअलग खानेकुराको सूची बनाएर ख्वाउने व्यवस्था गर्न गाउँपालिकाले विद्यालयलाई परिपत्र गरेको छ ।

विद्यालय व्यवस्थापन समितिको निर्णयमा खाजा खुवाउने व्यवस्था गर्नुपर्ने र खाजा खुवाउदा आवश्यक मात्रा, स्वच्छता र पोषकतत्व सुनिश्चिततामा ध्यान पु¥याउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो । अभिभावक, आमा समूह वा क्लब र अन्य व्यावसायिक लगायतको माध्यमवाट स्थानीयस्तरमा उत्पादित खाद्यान्न प्रयोग गरी दिवा खाजा खुवाउन सकिने जनाइएको छ । गाउँपालिकामा सामुदायिक विद्यालय ४४ वटा रहेका छन् । तीमध्ये १० वटा मावि, चार वटा आधारभूत विद्यालय र अन्य ३० वटा प्रावि तहका विद्यालय रहेका छन् । खाजा कार्यक्रमवाट झण्डै एक हजार भन्दा बढी विद्यार्थी लाभान्वित हुने भएका छन् ।सिआईएन

प्रतिक्रिया

सम्बन्धित खवर