१३ पौष २०७७, सोमवार

केपी शर्मा ओली नेतृत्वको सरकारले संसद बिघटन गरेको बिरोधमा नेपाली कांग्रेसले पाल्पा तानसेनमा र्‍यालीसहित बिरोध गरेको छ । बिरोधसभामा नेपाली कांग्रेस पाल्पाका सभापति वीरबहादुर राना,जिल्ला सचिव झपेन्द्र गहिरे, अर्का सचिव अजयमान कर्माचार्य, कांग्रेस नेता माधव नेपाल, नेपाल महिला संघकी केन्द्रीय सदस्य रमा पन्त, तरुण दलका जिल्ला सभापति मेजरसिंह केसी, नेवि संघका कार्यबहाक सभापति सुरेश बोहोरा, लालकुमारी राना,क्षेत्रीय सभापति रामबहादुर कार्की,क्षेत्रीय  सचिव यादवसिंह कार्की लगायतले ओली सरकारले गैरसंवैधानिक काम गरेकोले त्यसलाई सच्याउनुपर्नेमा जोडदिदै  आन्तरिक बिवादका कारण संविधानमाथि नै कु गर्नु लज्जासपद भएको औल्याए । कांग्रेसका नेता तथा कार्यकर्ता तानसेनको टुडिखेल, लहरेपीपल, शित्तलपाटी, सिल्खानटोल लगायतका स्थानमा नाराबाजी सहित बिरोधमा उत्रिएको थियो । कांग्रेसको सभा तानसेनको हुलाकचोकमा भएको थियो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर