१३ पौष २०७७, सोमवार

वीरगञ्जबाट सशस्त्र प्रहरीले ६ हजार बराबरको अवैध कुखुराका चल्ला बरामद गरेको छ। भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ तिलावे पुल नजिकैबाट सशस्त्र प्रहरीको बिओपी अलौँले अवैध कुखुरा चल्ला बरामद गरेको हो।

बिआर ०५ एच ११४३ र बिआर ०५ एच १२३५ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा प्रहरीले प्रहरीले ६ हजार थान कुखुराको चल्ला बरामद गरेको पर्सास्थित १३ नम्बर गणका सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्काले बताउनुभयो। सशस्त्र प्रहरी निरिक्षक इश्वर अधिकारीको नेतृत्वमा खटीएको प्रहरीको टोलिले बरामद गरेका चल्लाहरुलाई स्थानिय जनसमुदायको रोहबरमा नष्ट गरिएको छ । नियन्त्रणमा लिइएका मोटरसाईकलहरुलाई थप कारवाहीका लागि वीरगञ्ज भन्सारमा बुझाईएको उँहाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर