
१३ पौष २०७७, सोमवार
कोरोना संक्रमितको संख्या बढेपछि पाँच संस्थाले आइतबारको साइकल राइड कार्यक्रम स्थगित गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके, एनआरएनए युके राज्य समन्वय परिषद ईङ्ग्ल्याण्ड, हेल्प नेपाल नेटवर्क , वूल्विच राइडर क्लब तथा ग्रिनवीच यूथ एशोसियसन यूकेले संयुक्त रुपमा आयोजना गरेको साईकल राइड प्रतियोगिता स्थगित गरिएको हो ।
नेपालमा असहाय बालबालिका हरुको सहयोगार्थ आइतबार लण्डनको वूल्विचबाट उक्त कार्य संचालन गर्ने कार्यक्रम तय भएको थियो । बेलायत सरकारले लन्डन क्षेत्रलाई टियर ४ मा राखेको छ । जसका कारण मानिसहरुलाई एकै ठाउँमा जमघट हुन प्रतिबन्द गरिएको छ।