१२ पौष २०७७, आइतवार

कतारको  नासर अल अली इन्टरप्राइसेसमा कार्यरत तिसजना कामदारहरुलाई कम्पनी मालिक आसर अल अलीले ५/ ५ ग्रामका दरले सुनको सिक्का पुरस्कार स्वरुप प्रदान गरेकाछन् । कम्पनी मालिक अलीले उत्कृष्ट, मेहनती र इमान्दार कामदारहरुलाई सो सुनको सिक्का हालै प्रदान गरेका हुन् ।

सुनको सिक्का पाउने मध्येका एक कामदारले आफु २००८ मा यस कम्पनीमा हेल्परको रुपमा आएको र पछि ट्रेड वर्कर (मेसन) मा पदोन्नती भएको बताउदै सो कम्पनीमा काम गरेर आफनो आर्थिक स्थितिमा समेत आफुले सुधार गर्न सकेको बताए ।

आफनो घर परिवारमा आर्थिक समस्या परेको वेलामा समेत आर्थिक सहयोग उपलब्ध गराएर समस्या टारिदिने गरेका कम्पनी मालिक नासर अल अलीले कामदारहरुलाई कहिले नहप्काउने तर सवैलाई मित्रवत व्यवहार गर्ने गरेको अनुभव त्यस कम्पनीमा कार्यरत् सवै कामदारहरुको रहेको छ ।

आफनो कार्यालयको ढोका कामदारहरुका लागि सधै खुला रहेको र आफना कामदारहरुलाई कुनैपनि समस्या भए सिधै आफनो कार्यालयमा आएर आफनो समस्या बताउन सक्ने बताउदै कम्पनी मालिक नासर अल अलीले आफुले मालिकको भन्दा पनि अविभावकको रुपमा व्यवहार गर्ने गरेको हुनाले कामदारहरुको कुनै समस्या भए अविभावकको रुपमै आफु समाधान गर्न सघाउने गरेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर