१२ पौष २०७७, आइतवार

एजेन्सी
युरोपका थुप्रै देशले कोरोनाभाइरसको अत्यधिक संक्रामक नयाँ प्रकार पाइएको पुष्टि गरेका छन् ।

https://amzn.to/4myfPN5

अब स्पेन, स्विडेन र स्विटजरल्याण्डले बेलायतको यात्राबाट फर्केका आफ्ना नागरिक कोरोनाभाइरको नयाँ भेरियन्टद्वारा संक्रमित भएको पुष्टि गरेका छन् । बेलायतमा भाइरसको नयाँ प्रकार भेटिएको खबर पाएपछि थुप्रै देशले आफ्ना नागरिकको यात्रामा प्रतिबन्ध लगाएको थियो ।

स्पेनको राजधानी मेड्रिडमा बिहिबार बेलायतबाट फर्केका एक व्यक्तिका तीनजना आफन्तमा कोरोनाभाइरसको नयाँ भेरियन्टको पुष्टि भएको छ । यो जानकारी शहरका डेप्युटी हेल्थ चीफ एन्टोनियो जापातेरोले दिएका हुन् । ओन्टोरियो क्यान्डाका एक जोडीमा पनि कोरोनाको नयाँ भेरियन्ट देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर