१२ पौष २०७७, आइतवार

भीमसेन थापा गाउँपालिका –२ वगुवाखेत टोलमा एक करोड २५ लाख खर्चेर खानेपानी आयोजना निर्माण हुने भएको छ । करिव एक सय घरधुरीको घरघरमा धारा जडान गर्ने गरी आयोजना निर्माण हुन लागेको हो ।


वगुवाखेत पम्पिङ खोनपानी आयोजना नाम दिइएको उक्त आयोजना निर्माणका लागी गाउँपालिकाले बजेट विनियोजन गरेको हो । वागिनी खोलाको मुहानबाट पानी लिफ्ट गरेर ल्याइने वडाध्यक्ष नारायण प्रसाद भट्टराइले बताए ।चैत्र मसान्तभित्र काम सक्ने गरी सम्झौता भएको , आयोजना निर्माण भएसँगै घरघरमा धारा जडान हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर