
११ पौष २०७७, शनिवार
त्रिवेणी नगरपालिका बजुराले नगरपालिका भित्र रहेका एकल महिलालाई सहयोग गरेको छ ।
नगरपालिकामा रहेका अति विपन्न तथा एकल महिलालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको त्रिवेणी नगरपालिका नगर प्रमुख रामसिंह रावल ले वताए । नगरपालिकाका वडा नं १ देखि ९ वटै वडाका एक एक जना एकल महिलालाई आर्थिक सहयोग गरिएको हो,
दुर्घटना र अन्य भवीतव्यमा ज्यान गुमाएका एकल महिलालाई घर खर्च चलाउन सहयोग पुगोस् भन्ने हेतुले प्रति व्यक्ति दुइ हजारका दरले २२ हजार नगद रकम र लुगा कपडा दिएको नगनगर उप प्रमुख राधिका सुनारले बताए ।