११ पौष २०७७, शनिवार

पोखरामा सवारी दुर्घटना हुँदा स्याङ्जाका  दुई जनाको मृत्यु भएको छ  ।

सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका वडा नं १७ हिमाली टोलमा शुक्रबार बेलुका मोटरसाइकल दुर्घटना हुँदा  चालक वालिङ् नगरपालिका वडा नं ८ का २१ वर्षीय थमन बहादुर गुरुङ र पुतलीबजार नगरपालिकाका ४ वर्षीय आरुस अधिकारीको मृत्यु भएको हो ।
मोटरसाइकल चालक गुरुङले चलाएको ग ८ प ४९१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पैदल यात्रीलाई ठक्कर दिदाँ वालिङ नगरपालिका वडा नं ९ भूम्रका सुनिल एस्के, पुतलीबजार नगरपालिका वडा नं ४ की २५ वर्षीय अप्सरा अधिकारी र नीजिको ४ वर्षीय छोरा आरुस अधिकारी र मोटरसाइकल पछाडि सवार पोखराकी २३ वर्षीय वर्षिय शसी गुरुङ घाईते भएका थिए ।

घाईते ४ वर्षीय अधिकारीको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको छ भने मोटरसाइकल पछाडि सवार २३ वर्षीय वर्षिय शसी गुरुङको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर