१० पौष २०७७, शुक्रवार

कोरोना भाइरसका कारण शिथिल बनेका वैदेशिक रोजगारी लयमा फर्कन थालेको छ । कोरोना कहरकै बीच धेरै देशबाट श्रमको लागि माग आउन थालिसकेको छ भने केही देश पर्ख र हेरको अवस्थामा छन् । कोभिडका कारण रोकिएको श्रम सम्झौता कतारले गरिसकेको छ ।
एक महिना अघि नै कतारको श्रम बजार खुला गरिएको कारणले अहिले म्यानपावर कम्पनीहरूले धमाधम कामदार पठाउन काम गरिरहेका वैदेशिक रोजगार विभागले जनाएको छ ।
मलेसिया, यूएई, साउदी अरब, बहराइनलगायतका मुलुकमा कोभिडका कारण बन्द भएको श्रम बजार खुल्न सकेको छैन । उनीहरूले बेलायतमा दोस्रो लहर फैलिएको कोभिडको कारण देखाइरहेका छन् । यूएईका प्राइभेट कम्पनीबाट डमाण्ड आएको छैन, सरकारी तथा सेमिसरकारीबाट भने डिमाण्ड आउन थालेको विभागले जनाएको हो ।

विभागले कतारका लागि रोजगार पठाउने बाटो एक महिना अघि नै खुलाएपनि कतार जाने कामदारको फाइल अहिले कतारको श्रम सहचारी कार्यालयमा नै थुप्रिएर बसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर