
१० पौष २०७७, शुक्रवार
प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित नेताहरू निर्वाचन आयोग पुगेका छन्। शुक्रबार बिहान माइतीघरमा प्रदर्शन गरेपछि उक्त समूहका नेता-कार्यकर्ता नाराबाजी गर्दै निर्वाचन आयोगतिर गएका थिए। अहिले अरू प्रदर्शनकारीलाई जमलमै रोकिएको छ भने शीर्ष नेताहरू आयोगभित्र पुगेका छन्।