१० पौष २०७७, शुक्रवार
अखिल भारत नेपाली एकता मन्चले भारतको दिल्लीमा रहेको औधोगिक क्षेत्र ओखलामा  स्वास्थ सामाग्रि वितरण गरेको छ । नेपाली र भारतीय जनताबिचको सद्भावलाई बढाउदै लैजानकोलागि यो कार्य गरिएको हो । महामारीमा उपयोगी हुने सेनिटाइजर, मास्क लगायत महिलाहरुले रजस्वलामा प्रयोग हुने प्याड वितरण गरिएको थियो ।
अखिल भारत नेपाली एकता मंच भारत केन्द्रीय नेता मानु श्रेष्ठ, समाजसेवी शंकर सेन थापा , समाजसेवी विरेन्द्र सिंह लगायतको नेतृत्वमा ओखला क्षेत्रमा बस्ने नेपाली, भारतीय महिलाहरुलाई सामाग्रि वितरण गरेको थियो ।  यस्तै किसिमको स्वास्थ्य सामग्री वितरण अभियान बिस्तारै दिल्ली(एनसीआरका अन्य क्षेत्रमा पनि सञ्चालन गरिने पनि बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर