१० पौष २०७७, शुक्रवार

फोटो नै खिचेबापत हामीले जेलजीवन भोग्नु परेको छैन तर इजिप्टमा फोटोशुटका कारण एक मोडल र उनको फोटो खिच्ने फोटोग्राफर जेल जानुपरेको छ । यी मोडलका फोटोहरु सामाजिक संजालमार्फत सार्वजनिक भएपछि इजिप्टमा बहस सृजना भएको छ ।

इजिप्टको मिडियाले यी मोडलका तस्वीरलाई ‘उत्तेजक र आपत्तिजनक’ भनेपछि सामाजिक संजाल विभाजित भएको छ । केहीले यी मोडल र फोटोग्राफरको आलोचना गरेका छन् भने केहीले इजिप्टको प्रशासनको आलोचना गरेका छन् ।

मिडिल इस्ट आइका अनुसार उनीहरुलाई प्रशासनले गत महिना पक्राउ गरेको थियो । एक दिन हिरासतमा राखेर उनीहरुलाई छाडिएको थियो तर उनीहरुको रिहाइ भए पनि बहस भने चर्किएको छ ।

फोटोग्राफर हौसम मोहम्मदले खिचेका तस्वीरहरुमा मोडल सलमा अल शिमी फरोहजस्ता देखिने परम्परागत गहना र घुँडामाथिसम्मको कपडामा देखिएकी छिन् । उनका तस्वीरहरु राजधानी कायरोबाट ३० किलोमिटर टाढा रहेको साकारा नेक्रोपोलिस क्षेत्रमा पिरामिडको पृष्ठभूमिमा खिचिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर