९ पौष २०७७, बिहिवार

नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी सोमपाल कामी, करण केसी र कुशल मल्लले यूएईमा हुने टी–टेन लिगमा खेल्ने भएका छन् । दस ओभरको फ्रेन्चाइज लिगमा उनीहरूले खेल्न लागेको यो पहिलो पल्ट हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बुधबार रातिको ड्राफ्टबाट उनीहरूको अनुबन्ध निश्चित भएको हो । त्यस अनुसार सोमपालले मराठा अरबियन्स, करणले पुने डेभिल्स र कुशलले टिम आबुधाबीबाट खेल्ने भएका हुन् । सोमपालले यसअघि एक अवसरमा विदेशी फ्रेन्चाइज क्रिकेट खेलिसकेका छन् ।

नयाँ तालिकाअनुसार आउँदो जनवरी २८ देखि शेख जायद क्रिकेट रंगशालामा लिग सुरु हुनेछ । प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर