
९ पुस २०७७
त्रियुगा नगरपालिका १३ हवाईफिल्डमा बिक्रि गर्न लागिएको १५० लिटर अबैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय उदयपुरले अबैध रुपमा घरेलु मदिरा उत्पादन र बिक्रि बितरण भईरहेको भन्ने बिषेश सूचनाको आधारमा मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिम प्रसाद दाहालले बताउनुभयो ।
मदिरा सँगै २० लिटर मदिरा बनाउन तयार गरिएको कच्चा पदार्थ समेत नष्ट गरेको एसपी दाहालले बताउनुभयो ।