९ पौष २०७७, बिहिवार

गत वर्षको चैत्रयता बन्द रहेको फिल्म हल  शुक्रबारबाट खुल्दैछ । नेपाल चलचित्र संघको घोषणा अनुसार शुक्रबारबाट फिल्म हल खुल्न लागेको हो ।


नेपाल चलचित्र संघका महासचिव अशोक शर्मा भोलिबाट  पुरानै फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ लगाउने तयारी रहेको बताउँछन्   । दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘आमा’मा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी रहेका छन भने ‘सेन्टिभाइरस’ रामबाबु गुरुङको निर्देशन रहेको फिल्म हो । फिल्ममा सिताराम कट्टेल ‘धुर्मुस’,कुन्जना घिमिरे ‘सुन्तली’,दयाहाङ राई,विल्सनविक्रम राई, बुद्धि तामाङ,राजाराम पौडेल,लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर