
८ पौष २०७७, बुधवार
बलिउड अभिनेता अक्षय कुमार पूनः एक पटक फोर्ब्सको सबैभन्दा बढि कमाउने सेलिब्रेटीको सूचीमा पर्न सफल भएक छन्।
फोर्ब्सको सर्वाधिक कमाउने सेलिब्रेटीको सूचीमा पर्ने अक्षय कुमार एक मात्र भारतीय कलाकार हुन् । सूचीमा अक्षय कुमार ५२ औं स्थानमा छन् ।
फोर्ब्सको अनुसार सन् २०२० मा अक्षय कुमारले ४८।५ मिलियन डलर कमाएका छन् । अक्षयले जैकी चैन, जेनिफर लोपेजलाई समेत उछिनेका छन् । अघिल्लो बर्ष अक्षय यो सूचीमा ५१ औं स्थानमा थिए ।
फोर्ब्सको सूचीमा अमरीकी मोडल काईली जेनर पहिलो स्थानमा छिन् । त्यस्तै अमरीकी र्यापर कान्ये वेस्ट दोश्रो स्थानमा छन् भने टेनिस स्टार रोजर फेडरर तेश्रो स्थानमा छन् ।