८ पौष २०७७, बुधवार

फिक्कल इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर १ मा फूङखोला पाटीगाउँ सिंचाइ आयोजनाको शिलान्यास गरिएको छ ।
स्वीस सरकारको आर्थिक सहयोगमा संचालन भैरहेको साना सिंचाइ कार्यक्रम अन्तर्गतको सिंचाई आयोजनाको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इडिङगोले शिलान्यास गर्नु भएको हो ।

स्वीस सरकारको साना सिंचाइ कार्यक्रम अन्तर्गत ४० प्रतिशत, संघीय सरकारको ३० प्रतिशत, स्थानीय सरकार गाउँपालिकाको २० प्रतिशत र स्थानीय उपभोक्ता जनसहभागिताबाट १० प्रतिशत गरी उक्त सिंचाई आयोजनाको काम सम्पन्न गरिने छ । आयोजना सम्पन्न गर्न ३२ लाख १४ हजार दुईसय पैतालीस रुपैयाँ खर्च हुने छ ।
फूङखोला पाटीगाउँ सिंचाई आयोजनाले वडा नंम्बर १ का एकसय घरधुरी लाभान्वित हुनेछन् । आयोजना सम्पन्न भए पछि उक्त क्षेत्रको ३ सय रोपनी क्षेत्रफलको खेती योग्य जमिनमा सिंचाइ सुविधा पुग्ने माङ्सेबुङ् गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इडिङगोले जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘ आयोजना सम्पन्न भए पछि कृषि क्षेत्रमा ठूलो राहत पुग्ने छ ।’

इलाम र पाँचथरका २० स्थानमा धमाधम काम हुँदै

साना सिंचाई कार्यक्रम अन्र्तगत इलाम र पाँचथरका ९ वटा पालिकामा गत बर्ष देखि २० वटा आयोजनाको काम भैरहेको छ । स्वीस सरकार, संघीय सरकार , स्थानीय सरकार र स्थानीयको लागत सहभागीता गरी ६ करोड २३ लाख ३ हार २ सय ९३ रुपैयाको लागतमा उक्त काम भैरहेको साना सिंचाई कायोजनाका क्लष्टर संयोजक केशव लामाले जानकारी दिनु भयो ।

उहाका अनुसार इलामको सूर्योदय नगरपालिका , इलाम नगरपालिका , देउमाई नगरपालिका , सन्दकपुर गाउँपालिका , माङसेबुङ गाउँपालिका , रोङ गाउँपालिका र चुलाचुली गाउँपालिका रहेका छन भने पाँचथरको फिदिम नगरपालिका र मिक्लाजुङ गाउँपालिकामा आयोजना संचालन भैरहेको छ ।
उक्त आयोजनाले ५३२ हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने छ भने आयोजनाबाट ६ हजार ८ सय ७ घरधुरीलाई प्रत्यक्ष फाईदा पुग्ने छ । संयोजक लामाका अनुसार आउदो बर्ष इलाममा ७ वटा पालिकामा २९ वटा आयोजना संचालन गरिने छ भने पाँचथरमा ५ वटा पालिकामा १२ वटा आयोजना संचालन गरिने छ । आयोजनाले कृषि क्षेत्रको दिगो बिकासको लक्ष्य सहित काम गरिरहेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर