८ पौष २०७७, बुधवार

नेपाल कम्यूनिष्ट पार्टी (ओली गुट) का नयाँ केन्द्रीय कमिटी सदस्यमा मनोनित सदस्यहरुलाई कार्यगत प्रशिक्षण संचालन हुने भएको छ । ओली गुटका प्रवक्ता प्रदिप ज्ञवालीले जारी गरेको सूचना अनुसार प्रदेश नं १मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा.शिवमाया तुम्वाहाम्फे, प्रदेश नं २मा  ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो,वागमती प्रदेशमा  ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल,गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल,लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा,स्तै, कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य, सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डेले प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ ।  उक्त प्रशिक्षण हुने समय र मिति भने खुलाइएको छैन ।


प्रतिक्रिया

सम्बन्धित खवर