
८ पौष २०७७, बुधवार
मलेसियामा एक नेपालीको मृत्यु भएको छ । सल्यान जिल्लाको निगालका घर भई मलेसियामा कार्यरत ३५ वर्षिय रुद्र वहादुर कामिको वुधवार विहान मृत्यु भएको हो । उनी मलेसियामा अवैधानिक अवस्थामा रहेको र तामान सिरि कुचिङ् मा एक सक्युरिटी कम्पनीमा कार्यरत रहेका थिए । उनी विरामि भएको खवर थाहा पाएपछि एनआरएनए मलेसिया, नेपाली दुवावास लगायत विभिन्न संघसंस्थाहरुले नेपाल फर्काउनको लागि पहल गरिरहेको अवस्थामा आज विहान मृत्यु भएको हो । मृतक रुद्र चार वर्ष अगाडि रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए ।