३० साउन
कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिराले घर पुर्दा ६ जनाको मृत्यु भएको छ । रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।
पहिरोमा घर पुरिँदा विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटले घटनाको वारेमा जानकारी गराउदै मृतकको सनाखत हुन बाँकी रहेको जनाएको छ ।

यस्तै सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् भने पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् ।शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् ।
जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालका अनुसार ‘१३ वटा घर पुरिएर छन,पाँच घर परिवारका सदस्यहरु सम्पर्क विहिन हुनुहुन्छ । ती पाँच घर परिवारमा कति जना सदस्य हुनुहुन्थ्यो भन्ने पनि पत्ता लागेको छैन । केहि आफै पैरोवाट निस्किएर लप्सीचौरमा आएर बसिरहनु भएको छ ।


तस्बिर :- कृष्ण कार्की (जुगल गाउँपालिका – २)

यता  त्रिभुवन राजपथमा पर्ने मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँमा पहिरो खस्दा एक जना बेपत्ता भएका छन् । पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएका हुन ।
इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङका अनुसार बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्को खसेको थियो । पहिरोमा परी एउटा स्काभेटर र तीनवटा टिप्पर पुरिएका छन् ।
खानीबाट ढुङ्गा निकाल्ने एक्साभेटर र ढुङ्गा बोक्ने टिप्पर सडकमा रोकिराखेको अवस्थामा पहिरोमा परेका हुन्
। ती गाडीमा रहेका व्यक्ति भने गाडीको सिसा फुटाएर बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताएका छन ।
इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धारको काम थालिसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर