
७ पौष २०७७, मंगलवार
पाल्पाको बगनासकाली गाउँपालिका वडा न २ पोखराथोकका २९ वर्षीय संजय पहारी घरको दैलोमै लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार मंगलबार विहान करिब ६ बजे तिर घरभित्रबाट बाहिर निस्कने क्रममा ढोका नजिकैको पेटीबाट बलेनीमा खसेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानवाट देखिएको वताए ।
मृतककी ठूली आमाले विहान पूजा गर्नको लागि फूल टिप्न जाने क्रममा ती युवक लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।मृतक युवक घरमा आमा र ठूलीआमासँग बस्दै आएका थिए।