 
							६ पौष २०७७, सोमवार
लण्डनमा स्थापना भएको सहारा यूकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ । सस्थाको नयाँ सहमति अनुसार कुमार गुरुङ नेतृत्वको टिमले नै निरन्तरता पाउने भएको छ । सहारा यूकेका सचिव वाचस्पति रेग्मीका अनुसार विश्वव्यापी कोभिड-१९ महामारीका कारण भर्चुअल जुममार्फत भएको र कुमार गुरुङको अध्यक्षतामा रहेको कार्यसमितिलाई नै थप एक वर्ष निरन्तरता दिने निर्णय गरेको छ।
यसैगरी उक्त कार्यसमितिमा उपाध्यक्ष लेफ्टीनेन्ट रि. कुसाङ गुरुङ, महासचिव धनु थकाली, सचिव बाचस्पति रेग्मी, कोषाध्यक्ष शारदा गुरुङ, सहकोषाध्यक्ष प्रकाश गुरुङ, सहारा एफसी अध्यक्ष कृष्ण गुरुङ, सहारा एफसी सिइयो, मनोज गुरुङ, खेलकुद सचिव कुमार थापा र युवा खेलकुद संयोजक सन्दिप उपाध्याय रहेका छन् ।त्यसैगरि, सदस्यहरुमा मिलन तमु, एम कुमार गुरुङ, मन्जु गुरुङ राई, सुधा गुरुङ, योगेश गुरुङ, इश्वर गुरुङ, विश्वजंग गुरुङ, गणेश थापा र जगन गुरुङ रहेका छन्।
सन् २००८ मा नवीन गुरुङको अध्यक्षतामा स्थापित सहारा यूकेले बेलायत र नेपालमा खेलकुद विकास तथा अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com