
६ पौष २०७७, सोमवार
पाल्पा जिल्लाकाे निस्दी गाउँपालिका-५, गल्धा ढुंगानाबेसीमा एक जना पुरूष मृत अवस्थामा फेला परेका छन् । साेमबार बिहान गल्घास्थित ढुंगानाबेसी नजिकैकाे निस्दी खाेलामा अन्दाजी ४२ वर्षका पुरूष मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ ।
घटनासम्बन्धी थप अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैंयाले जानकारी दिनुभयाे ।