६ पौष २०७७, सोमवार

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानका लागि केहि सकारात्मक दृश्य देखिएको छ । ओसमाने डेम्बेले चोटमुक्त भएर आइतबार टोलीको अभ्यासमा फर्केका छन् । उनको चोटको अवस्था हरेक दिन परिक्षण गरिएको छ ।


चोटमुक्त हुने क्रममा रहेका उनले साताको सुरुवातमा अभ्यास गरेका हुन् । तर, के उनी अब नियमित रुपमा टोलीको पहिलो रोजाईमा खेल्ने छन् भन्ने प्रश्न यथावत छ । लगातार चोटका कारण मैदान बाहिर रहेकाले उनलाई लिएर प्रशिक्षक कोम्यान सचेत रहनेछन् ।

डिसेम्बर २९ मा इल्बारविरुद्धको खेलमा भने उनी खेल्ने सम्भावना रहेको बताइएको छ । त्यसका लागि अझै झन्डै १० दिन बाँकी रहेको छ । त्यति बेला सम्म उनी पूर्ण रुपमा फिट हुने अपेक्षा गरिएको छ ।

रोबेर्टो अझै महिना दिन मैदान बाहिर रहने अनुमान गरिएको छ । पिके भने अहिले नै फर्कने सम्भावना छैन । चोटग्रस्त भएपछि उनी कम्तीमा ५ महिना मैदान बाहिर रहने अनुमान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर