५ पौष २०७७, आइतवार

स्याङ्जामा कोदालोले हानेर एक जनाको हत्या भएको छ।

हत्या गरेको आरोपमा २६ वर्षीय रेशम रानालाई प्रहरीले पक्राउ परेका छन । उनले शनिबार दिउँसो हरिनाश गाउँपालिका-५ आग्रीडाँडाका १४ वर्षीय शेरबहादुर थापाको हत्या गरेको आरोप छ।

प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार उनीहरूबीच सामान्य विवाद भएको र   पछि रानाले थापालाई कोदालोले टाउकोमा हिर्काएका थिए। थापाको घटनास्थलमै मृत्यु भएको थियो।  रानामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर