
५ पौष २०७७, आइतवार
पाल्पाका टिप्पर पल्टिएको छ । बुटवल पोखरा सडक खण्ड अन्तरर्गत पर्ने रम्भा गाउँपालिकाको पिपलडाँडामा आइतबार बिहान टिप्पर पल्टिएको हो । टिप्परमा सवार ३ जना घाइते भएका छन् । घाइते मध्ये १ जनाको अवस्था गम्भीर छ । घाइतेहरुलाई उद्धार गरेर तानसेनका अस्पतालमा पठाउने काम भएको छ । सिमेन्ट बोकेको टिप्पर सडकबाट कम्तीमा २ सय मिटर तल खोलामा खसेको छ । घटनाको वारेमा अनुसन्धान भैरहेको पाल्पा प्रहरीले जनाएको छ ।