५ पौष २०७७, आइतवार

नवलपुर तमसरीया तेस्रो साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयमा पुस १ गते उपभोक्ताहरुले लागाएको ताला खुलेको छ । आज मध्यविन्दु नगरपालिकामा नगर प्रमुख चन्द्र बहादुर राना सहित नगरका जनप्रतिनिधि, संस्थाको कार्यसमिति र आन्दोलनरत उपभोक्ताहरु बिच भएको छलफलबाट पुस २१ गते अधिवेशन गर्ने सहमति पछि ताला खुलेको हो ।

विद्यान अनुसार तत्काल अधिवेशनको माग गर्दै उपभोक्ताहरुले पुस १ गते संस्थाको प्रशासनिक भवनमा तालाबन्दी गरेका थिए । संस्थाले नियमित रुपमा हुनुपर्ने मिटर रिडिङ्ग नगरी २०७७ साउन देखि मंसिर सम्मको पानीको महशुलको बिल एकमुष्ठ उपभोक्ताहरु कहाँ पठाएपछि आन्दोलित उपभोक्ताहरुले मुल्य समायोजन र विद्यान अनुसार तत्काल अधिवेशनको माग गर्दै संस्थामा तालाबन्दी गरेका थिए ।

बैठकमा मध्यविन्दु नगरपालिकाका नगरप्रमुख रानाले विद्यान अनुसार यो समितिको कार्यकाल सकिएको लामो समय भएको भन्दै आज भएको निर्णय बमोजिम पुस २१ गते नै अधिवेशन गर्नको लागि कार्यसमितिलाई निर्देशन दिदै सो समयमा निर्वाचन नभए नगरपालिकाले संस्थाको बिषयमा थप कदम चाल्ने चेतावनी दिनु भएको बैठकमा सहभागी एक सदस्यले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर